पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।
उनले शुक्रबार राति रातोपाटीसँग भने, ‘दीपेश पुनको केस के हो भने उनको बारेमा सीआईबीमा अर्को उजुरी छ । सीआईबीले त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेको थियो । अदालतले मागेको धरौटी भनेको ४ लाख हो । त्यो बुझाएपछि यहाँको अदालतको आदेशको सन्दर्भमा प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् । तर रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर फेरि सीआईबी पठाएका छौँ ।’
पुनलाई शुक्रबारनै काठमाडौँ पठाइसकेको पनि उनले बताए । पुनलाई अब छाड्ने कि नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे सीआईबीले थप निर्णय गर्ने उनको भनाइ छ ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन छानबिनको दायरामा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी