अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्नि पीडितलाई राहत उपलब्ध गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार अध्यक्ष राउत गृह मन्त्रालयमा गएर भूकम्प पीडितहरूलाई दिएको जस्तै अग्नि पीडितलाई पनि राहत दिन आग्रह गरेका हुन् । सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लामा भएको आगजनीले धनजनको ठुलो क्षति भएको छ । सानो राहतले पुरा नहुने भएकाले सरकारले विशेष प्याकेज बनाएर राहत प्रदान गर्न उनले आग्रह गरे । यस्तै उनले अग्नि पीडितका लागि घर बनाइदिन पनि आग्रह गरे ।
यस्तै उनले सुरक्षा निकायलगायत अन्य सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिनका लागि गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।
सुखा मौसममा खानेपानीको पनि अभाव देखिएको भन्दै उनले त्यसको व्यवस्थाका लागि गृह मन्त्रालयले तत्परता देखाउनुपर्ने अध्यक्ष राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा