पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निगरानीमा रहेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर शुक्रबार धरौटीमा रिहा भएका उनी ब्युरोको निगरानीमा रहेका हुन् ।
सुन तस्करी प्रकरणमा समेत उनको शंकास्पद भूमिका देखिएकाले सीआईबीले निगरानीमा राखेको हो । ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको लिंकअफ देखिएको खण्डमा आवश्यक कदम चालिने बताए ।
उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख भएको र यसैलाई आधार बनाएर अनुसन्धान अघि बढिरहेको बताए । तर, अहिले नै उनलाई पक्राउ गर्नेबारे भने कुनै योजना नरहेको ज्ञवालीको भनाइ छ ।
यस्तै ब्युरोका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनलाई अहिले पक्राउ नगरिएपनि बयानका लागि उपयुक्त समयमा बोलाइने बताए । आयोगको रिपोर्टमा यसअघि उनबारे ब्युरोले पर्याप्त अनुसन्धान नगरी बयान कागज गराएर छाडेको विषय औँल्याइएको छ । उनको मोबाइलको फरेन्सिक जाँच गरिएको देखिएको छैन भने सामान्य बयान कागजमात्रै गराएर उन्मुक्त दिन खोजिएको आरोप लाग्दै आएको छ । उनको संलग्नता ६० किलो सुन तस्करीमा रहेको आरोप लाग्ने गरेको छ।
पुन आजै रुपन्देही अदालतले मागेको ४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने