अदालतमा धरौटी राखेर रिहा भए दीपेश पुन

बुटवल । सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।
वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् ।
उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज (एक हप्ता पछि) बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले रातोपाटीलाई बताए ।
अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठोरले पुनका विरुद्ध अन्य मुद्दा दर्ता नभएको रातोपाटीलाई बताए । सहकारी प्रकरणपछि सुन प्रकरण जोडेर पुनका विषयमा विभिन्न समाचार आए पनि अहिलेसम्म कतै मुद्दा दर्ता नभएको प्रहरीको भनाइ छ ।
सुप्रिम सहकारी प्रकरणमा अदालतले गत शुक्रवार नै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँ पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो । सो रकम बुझाएर उनीहरू रिहा भएका थिए । तर पुन भने आफूसँग रकम अभाव भएको भन्दै कारागार नै गएका थिए ।
वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सो मुद्दामा ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो । पुन उक्त सहकारीको पूर्व सचिव हुन् ।
सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाउँदै १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । संस्थापक अध्यक्ष एवम् संरक्षक समेत रहेका राईलाई अदालतले फरार सूचीमा राखेको छ ।
सरकारी वकिल कार्यालयले राईसहित २८ जनालाई ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको दाबी गर्दै सोही रकम बराबरको बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको थियो । । उक्त सहकारीबाट गृहमन्त्री रवि लामिछानेले समेत लोन लिएको पाइएको छ । तर, उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने