मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदान हुने (वैशाख १५) गतेका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।
आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारी, दमकल, दूरसञ्चार सेवाका लागि प्रयोग हुने सवारी, शव बाहान, स्वास्थ्यकर्मीका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन निर्बाध चल्न पाउने भएका छन् ।
त्यसैगरी तरकारी, फलफूल विद्युत् सेवाका लागि प्रयोग हुने सवारी,कूटनीतिक नियोग, विदेशी पर्यटक र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन पनि चल्ने व्यवस्था गर्न आयोगले निर्देशन दिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्