पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
![पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न](https://npcdn.ratopati.com/media/news/image-3_pVDADQEb3a.jpg)
काठमाडौँ । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह ‘नेपाल आर्मी स्पोर्ट्स कम्प्लेक्स’को प्राङ्गणमा सम्पन्न भएको छ । बुधवारsJ उक्त समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका कूल ४८५ विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । दीक्षित हुनेमा एमबीबीएस, एमएस, एडी, एमपीएच, बीएससी, बीएनएस जस्ता विषय उत्तीर्ण गरेका विद्यार्थीहरू थिए ।
कार्यक्रममा बोल्दै सम्माननीय प्रधानमन्त्री तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवामा नवीनतम विकास, विशेष गरी चिकित्सा मानविकी जस्ता विषयहरूको समावेशितालाई प्राथमिकतामा राखेर स्वास्थ्य विकासको पहलको अवधारणालाई अघि सारेकोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।
त्यसैगरी दीक्षान्त समारोहका प्रमुख अतिथि तथा वक्ता, नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले प्रतिष्ठानले सामुदायिक सहकार्य तथा स्वास्थ्य मानविकी शिक्षा मार्फत अब्बल स्वास्थ्यकर्मीहरू उत्पादन गर्न गरेको पहल प्रशंसनीय रहेको बताए । उनले भने, ‘यस प्रतिष्ठानले गरेका महान् कार्यबाट विश्वले सिक्न सक्छ र सिक्नुपर्छ । कृतज्ञताको भावना महसुस गर्नु अत्यन्त महत्त्वपूर्ण छ र त्यसैले म सबै विद्यार्थीहरूलाई आफ्नो देशको, आमाबाबु र परिवारहरूको सेवा गर्न आग्रह गर्दछु । हामी सबैले यस संसारलाई अझ राम्रो र अझ न्यायपूर्ण ठाउँ बनाउनको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्न सकेको काम गर्नपर्छ ।’
सत्यार्थीलाई बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्नको लागि उनले देखाएका अटल प्रतिबद्धताको लागि सन २०१४मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले “बचपन बचाओ आन्दोलन” मार्फत १,१५,००० भन्दा बढी बालबालिकालाई बालश्रम, दासत्व, बेचबिखन र अन्य प्रकारका शोषणबाट मुक्त गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरी उपकुलपति डा. राजेश नाथ गोन्गलले पाटन अस्पतालको उल्लेखनीय प्रगति गरेको र यस महत्त्वपूर्ण उपलब्धिको लागि सम्पूर्ण दीक्षित विद्यार्थीहरूलाई बधाई दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु