डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
शुक्रबार, १४ वैशाख २०८१, १५ : ३९
काठमाडौँ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश कार्यालयमा सरुवा गरेका हुन् ।
सिंह काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिइन् । सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि गण्डकी प्रदेशमा कार्यरत डीआईजी विकाशराज खनालले अवकाश पाएका छन् । उनले ५६ वर्षीय उमेर हदका कारण वैशाख ६ मा अवकाश पाएका हुन् । खनालले अवकाश पाएसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयमा डीआईजीको पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला