गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही गाउँपालिका वडा नं. १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यसबारे उजुर परेसँगै अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी रु.८ लाख ६५ हजार १४५ भुक्तानी गर्न भूमिका खेलेको पाइएकाले उनीहरुविरुद्ध सो बराबरको बिगो मागदाबी लिइएको छ ।
यसैगरी एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले समेत स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको अख्तियारले जनाएको छ ।
सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानीसमेत भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यसैगरी श्री जानकी कन्सट्रक्शनका प्रोपराइटर राकेश कुमार रायले समेत गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएकाले उनलाई समेत आठ लाख पैंसठ्ठी हजार एक सय पैंतालीस रुपैयाँ बिगो कायम गरेर आरोपपत्र दायर गरिएको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार