मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत । बिहीबार संसद्बाट विश्वासको मत लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल शुक्रबार बिहान काठमाडौँ पुगेका छन् । अर्थ मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ गएका हुन् ।
उनले त्यहाँ पुगेर अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली सरकारको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा अब आउने बजेटमा कर्णाली प्रदेशभित्रका गौरवका आयोजनाहरूलाई प्राथमिकता साथ समेट्न भनिएको छ ।
कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत चार लेन सडक निर्माण, सुर्खेत विमानस्थल विस्तार, भूकम्प प्रभावित जाजरकोट र रुकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी दिन आग्रह गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गलाई केन्द्र सरकारले बजेट दिएको थिएन । ती योजनाहरूमा आवश्यक संरचनासहितको बजेट विनियोजन गर्न सङ्घीय मन्त्रीहरूलाई कँडेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
-
होलीको अवसर पारेर ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ रिलिज
-
भक्तपुरको भीमेसन मन्दिरमा भक्तजनको भीड
-
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
-
रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप अमेरिकी टोली मस्को जाने
-
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह