फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौँ । तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड राखेको सुनको मूल्य यसै साता घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झर्यो । यो साता सुनको मूल्यमा प्रतितोला ३ हजार ८ सय रुपैयाँको गिरावट आयो ।
तर यो साताको अन्तिम कारोबारका दिन शुक्रबार (आज वैशाख १४ गते) सुनकाे मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य पनि आज तोलामा १४ सय रुपैयाँले नै बढ्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा करोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण