बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु

बिहार । बिहारको दरभंगामा ठुलो दुर्घटना भएको छ । जन्तीले पड्काएको पड्काका कारण एउटा घरमा आगो लाग्यो । यस घटनामा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । सूचना पाउने बित्तिकै प्रहरी र अग्नि नियन्त्रण समूह घटनास्थलमा पुगेको थियो । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ ।
जानकारीका अनुसार घटना दरभंगा जिल्लाको अलिनगर प्रखन्डको अन्टोर गाउँको हो । यस गाउँमा बिहे भइरहेको थियो । विवाहको कार्यक्रम चलिरहँदा पड्का पड्काइयो । तर पड्काको आगोले नजिकै रहेको घरमा आगो लाग्यो । घरमा राखिएको सिलिन्डरलाई आगोले भेटेपछि सिलिन्डर पड्कियो ।
अनि त आगो निभाउन झनै मुश्किल भयो । ढोका नजिक राखिएको डिजेलको ड्रम पड्किँदा स्थिति झनै भयावह बन्यो । हेर्दाहेर्दै पूरै घरमा आगोको लप्का देखियो । चारैतिर मान्छे चिच्याइरहेको आवाज आइरहेको थियो । घरको साथसाथै घरभित्रको सामान जलेर खरानी भयो । आगोमा परेर एकै परिवारको ६ जनाको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त