क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
बिहीबार, १३ वैशाख २०८१, १९ : ३३

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बिच पार्टी एकता हुने भएको छ । दुई पार्टीबिच यही वैशाख १९ गते एकता हुने संयुक्त वक्तव्यमार्फत बिहीबार जनाएका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण' र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्त बहादुर नेपालीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘यस अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपिल गर्दछौँ ।’ यी दुई पार्टी एकताका लागि वार्तारत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?