शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत

नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको बलिउड स्टार शाहरुख खानको फिल्म जवानले ठुलो शानदार कमाई गर्यो । दर्शकहरूले यसको कथा निकै मन पराए । फिल्मको स्टन्टले दर्शकको मनमा अलग्गै छाप छोडेको थियो ।
यो फिल्मबाट शाहरुखले ब्याक टू ब्याक शानदार पुनरागमन गरे । वर्षको पूर्वाद्र्धमा रिलिज भएको आफ्नै फिल्म पठानको रेकर्ड उनले तोडे । जवान टौरस वर्ल्ड स्टनटन अवार्डमा मनोनीत भएको छ ।
उत्कृष्ट स्टन्टको लागि मनोनयन
टौरस वर्ल्ड स्टन्ट अवार्डमा जवान उत्कृष्ट स्टन्टका लागि छनोट भएको छ । शानदार स्टन्टका लागि फिल्मले फिल्मफेयर अवार्ड २०२४ र जी सिने अवार्ड २०२४ जस्ता अवार्ड समारोहमा पनि अवार्ड जितेको थियो । टौरस वर्ल्ड स्टन्ट अवार्ड स्टन्टको ओस्कार जस्तै हो । जोन विक च्याप्टर ४, मिशनः इम्पोसिबल–डेड रेकनिङ, एक्स्ट्रेक्सन–२ र ब्यालेरिना जस्ता ठूला चलचित्रहरूसँगै जवान पनि यसमा मनोनयन भएको छ । यो फिल्मका लागि अर्काे ठुलो उपलब्धि हो ।
यसबाहेक जवानले दादासाहेब फाल्के अवार्ड पनि जितेको छ । फिल्मलाई दर्शकहरूले निकै मन पराएका थिए । २०२३ मा आईएमडीबीमा यो सबैभन्दा चर्चित भारतीय फिल्मको सूचिमा शीर्ष स्थानमा थियो । फिल्मले बक्स अफिसमा १ हजार १५९ करोड भारुभन्दा बढीको कमाई गरेको थियो ।
जवान रेड चिलीज इन्टरटेनमेन्टको प्रस्तुतिमा एटलीले निर्देशन गरेको फिल्म हो । गौरी खानले निर्माण गरेको यो फिल्मलाई गौरव बर्माले सह–निर्माण गरेका हुन् । फिल्म सेप्टेम्बर ७, २०२३ मा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभरका थिएटरमा रिलिज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु