सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने

काठमाडौँ । सरकारले सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु गर्ने भएको हो । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा औषधि खुवाइने छ ।
सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए ।
सो क्षेत्रमा ६ हजार स्वास्थ्यकर्मी र ५८ सय महिला स्वास्थ्य स्वयम् सेविका खट्ने छन् ।
रसुवा जिल्लामा रगत जाँच गरेर हेर्दा रोग देखिएकाले र बाँकी ६ जिल्लामा औषधि खान योग्य सबैले नखाई दिएकाले ती जिल्लामा हात्तीपाइले औषधि सेवन गराउन लागेको हो ।
नेपालका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी