बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
![बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर](https://npcdn.ratopati.com/media/news/simar_OyOpyKU9PU.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेता अक्षयकुमारकी भान्जी सिमर भाटियाले बलिउडमा डेब्यू गर्न लागेकी छिन् । उनले श्रीराम राघवनको निर्देशनमा बन्न लागेको इक्किसबाट बलिउडमा डेब्यु गर्न लागेको खबरहरू आइरहेका छन् ।
जोया अख्तरको फिल्म द आर्चिजबाट आफ्नो फिल्मी करियर सुरु गरेका अभिषेक बच्चनका भाञ्जा अगस्त्य नन्दा छिटै नै श्रीराम राघवनको आगामी फिल्म इक्किसमा देखिनेछन् । यो हलमा रिलिज हुनेछ अगस्त्य नन्दको पहिलो फिल्म हुनेछ ।
यही फिल्मबाट अक्षयकुमारकी बहिनी अलका भाटियाकी छोरी सिमर भाटियाले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । ‘अलका क्यामरामा आउन लजाउँछिन् । अक्षयसँग कयौँ फिल्म प्रड्यूस गरेको भएपनि उनी लाइम लाइटबाट टाढै रहने गरेकी छिन् । तर उनकी छोरी सिमरलाई सधैँ अभिनयमा रुचि थियो । यसका लागि उनी उत्साहित छिन्’ एक स्रोतले बताएको भन्दै पिपिङ मुनले समाचारमा छापेको छ ।
सिमरले फरक बाटो अपनाएर आफ्नो योग्यताका आधारमा पहिलो फिल्म हात पारेको बताइएको छ । अहिलेसम्म उनले फिल्ममा खेल्न लागेको पात्रबारे विस्तृत विवरण बाहिर आएको छैन । तर उनले फिल्ममा अगस्त्य नन्दसँग रोमान्स गरेको देख्न पाइने बताइएको छ । सिमरले फिल्ममा आफ्नो हिस्साको सुटिङ सकिसकेको बताइएको छ ।
भारत पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित यो फिल्मको मूलकथा पिता र पुत्रबिचको भावनात्मक सम्बन्ध वरिपरि घुम्ने बताइएको छ । फिल्ममा अगस्त्य नन्दाले सेकेन्ड लेफ्टिनेन्ट अरुण क्षेत्रपालको भूमिका निभाउने छन् भने दिग्गज अभिनेता धर्मेन्द्रले उनका बुवा ब्रिगेडियर एमएलको भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?