यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने

काठमाडौँ । प्रहरीले शनिबार दुई स्थानमा हुने उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो । शनिबार इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा १ हजार ३६३ जना र बझाङ प्रदेशसभा १ मा १ हजार २४ जना प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ ।
यस्तै विभिन्न दलका समर्थकबिच आपसमा झै–झगडा तथा कुटपिट वा पत्र तहसनहस हुने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण हुने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयास गरेमा, मतदाताहरुलाई मतदान गर्न जान अवरोध भएमा बल प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'