अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ

नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनले गएको वर्ष ‘कौन बनेगा करोडपति’ को सेटबाट आँखाभरि आँसु बनाएर फ्यानहरूसँग बिदा मागेका थिए । त्यो भिडियो हेर्दा धेरैले केबीसीमा यो अमिताभको अन्तिम सिजन हो भन्ने अनुमान गरेका थिए ।
यसैबिच, बुधबार बिग बीले शो को सेटबाट केही तस्बिर शेयर गरेपछि उनका फ्यानहरूलाई छक्क पारेका छन् । पब्लिक डिमान्डमा अमिताभले यस शो को १६ औँ सिजन होस्ट गर्दैछन् ।
बुधबार आफ्नो ब्लगमा शो को सेटका केही तस्बिरहरू सेयर गर्दै अमिताभले बिहान ९ देखि ५ बजेसम्म ननस्टप सुटिङ गरिरहेको बताएका थिए । यस क्रममा उनले दिउँसोको खाना पनि कारमै खाइरहेको बताइएको थियो । नयाँ सिजन सुरु हुन गइरहेको भन्दै उनले दर्शकहरूबाट माया पाइरहूँ भनेका छन् ।
सेटमा आफ्नो दिनचर्याबारे बताउँदै अमिताभले लन्च टाइममा आईपीएलका खेलहरू हेर्ने गरेको बताएका छन् । म्याचअनुसार आफ्नो कामको समय पनि हेरफेर गर्ने गरेको उनले बताए ।
ब्लगमा बिग बीले आफ्नो कलेजका दिनहरू पनि सम्झिए । म्याच हुने दिन बिल्कुल फरक अनुभव हुने गरेको उनको भनाइ थियो । केबीसीको नयाँ सिजनका लागि अप्रिल २६ बाट दर्ता सुरु हुनेछ । अहिले शो का मेकरहरूले शो कहिले सुरु हुन्छ भन्ने कुराचाहिँ सार्वजनिक गरेको छैनन् ।
‘कल्की’मा अश्वथात्माको भूमिकामा देखिँदैछन् बिग बी
यतिबेला अमिताभ बच्चन आगामी ‘कल्की २८९८ एडी’ मा व्यस्त छन् । हालै निर्माण पक्षले फिल्ममा अमिताभको फर्स्ट लुक टिजर सार्वजनिक गरेका थिए । फिल्ममा अमिताभ गुरु द्रोणाचार्यका छोरा अश्वथात्माको भूमिकामा देखिएका छन् ।
फिल्ममा अमिताभका अलावा प्रभास, कमल हासन, दीपिका पादुकोण र दिशा पटानी जस्ता कलाकार पनि देखिनेछन् । फिल्म यही वर्ष मे ९ मा धेरै भाषामा रिलिज हुने भनिएको थियो । तर पछि फिल्मको रिलिज डेट पछाडि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी