भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
बिहीबार, १३ वैशाख २०८१, १४ : १६

नयाँ दिल्ली । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस नेता राहुल गान्धीको भाषणमाथि स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार बिहीबार कंग्रेस र भाजपा अध्यक्षसँग जवाफ मागेको हो । आयोगले मोदी र राहुलको भाषणलाई लिएर आएको उजुरीका आधारमा जवाफ मागेको सूचनामा उल्लेख छ ।
यी नेताहरूले धर्म, जात, समुदाय र भाषाका आधारमा जनतामा घृणा र विभाजन फैलाउने काम गरिरहेको उजुरीमा बताइएको छ । आयोगले यस विषयमा दुवै पक्षका अध्यक्षलाई अप्रिल २९ गते बिहान ११ बजेभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।
आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ बमोजिम दुवै दलका अध्यक्षलाई नोटिस पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ