आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो

नयाँ दिल्ली । फेयरप्ले नामक एपमा २०२३ को आईपीएलको अवैध प्रसारण हेरेको सम्बन्धमा महाराष्ट्र साइबर सेलले बलिउड अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलाएको छ । अभिनेत्रीलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित हुन भनिएको छ ।
फेयरप्ले एपमा २०२३ को आईपीएल अवैध तरिकाले स्ट्रिमिङ भएपछि भायाकमले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको बताएको छ। तमन्नाले पनि आईपीएलको सो संस्करण फेयरप्ले एपमा हेरेकी थिइन् । तमन्नाअघि पनि यस विषयमा सोधपुछका लागि धेरै कलाकारलाई बोलाइएको छ । फेयरप्ले एप मार्फत आईपीएल २०२३ को अवैध स्ट्रिमिङ हुन लागेकोबारे यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर प्रहरीले पत्ता लगाउन प्रयास गरिरहेको छ ।
तमन्नाअघि सञ्जय दत्तसँग सोधपुछ
तमन्ना २९ अप्रिलमा महाराष्ट्र साइबरमा हाजिर हुनुपर्नेछ । यस सम्बन्धमा तमन्नाभन्दा अगाडि बलिउड अभिनेता सञ्जय दत्तलाई पनि २३ अप्रिलमा बोलाइएको थियो । तर भारतमा नभएकोले उनी उपस्थित हुन सकेनन् । दत्तले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन् ।
के हो फेयरप्ले एप ?
फेयरप्ले एउटा अनलाइन सट्टेबाजी स्पोर्ट्सबुक प्लेटफर्म हो । यसमा म्याचहरू अवैध रूपमा स्ट्रिम गरिन्छ । यस मामिलामा डिजिटल पाइरेसीसम्बन्धी मुद्दा दर्ता भएको थियो । भायाकम १८ नेटवर्कले फेयरप्ले नामक बेटिङ एपमा इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू हेरेको आरोपमा धेरै कलाकारहरू विरुद्ध एफआईआर दायर गरेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल