पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

वीरगन्ज । पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
दुइवटै मोटरसाइकलमा सवार अन्य तीन जना भने खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले बताए । दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको हुनसक्ने आकलन प्रहरीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ
-
गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
-
दर्शक भेट्न नेपाल आइन एन्जिला
-
तीनकुनेमा भेला हुन थाले राजावादी (तस्बिरहरू)
-
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
-
श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?