छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा झापाबाट भैरहवातर्फ जाँदै गरेको प्र.२-०३-००१ ख ४१७४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २६ वर्षीय पुरूषको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका-१० स्थित सडकमा प्र.२-०१-००३ क ५५१३ नम्बरको क्रेनले ज.११ प ३५३३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय रामकिशोर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएको उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको कन्काई नगरपालिका-३ सुरुङ्गा पुलमा रा.१ प ६३०० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई बुधबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ बस्ने ३८ वर्षीय तेज मणि खरेलको मृत्यु भएको छ भने मकवानपुरको कैलाश गाउँपालिका-१० सादिखोरियामा भलटार देखि पुरानो गाँउतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ त ०४१९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको पछाडीको टायरले किच्दा ट्याक्टरमा सवार कैलाश गाउँपालिका-१० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईवाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?