मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
![मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी](https://npcdn.ratopati.com/media/news/pokhara-taxi_NJW1wUTTE3.jpg)
पोखरा । गण्डकी प्रदेश सरकारले पटक– पटक पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन दियो । मिटरमा यात्रा गर्न पाउने अधिकार यात्रुको छ । तर ट्याक्सीवालाहरू घाटा हुने भन्दै मिटर चलाउन मान्दैनन् ।
मिटरमा चल्न नखोज्न ट्याक्सीलाई ट्राफिक प्रहरीले निरन्तर कारबाही भने गरिरहेको छ । भदौ महिनादेखि अहिलेसम्म ५ सय भन्दा बढी ट्याक्सी कारबाहीमा परिसकेका छन् ।
दैनिक दर्जनभन्दा बढी ट्याक्सी कारबाहीमा पर्ने गरेका ट्राफिक प्रहरी प्रमुख भानु शर्माले बताए । ‘ट्याक्सीलाई मिटरमा चल्नुपर्छ भनेर हामीले सचेत पनि गराएका छौँ । कारबाही पनि गरेका छौँ । तैपनि मिटरमा चल्न मान्दै मान्दैनन्,’ उनले भने, ‘हामी प्रयासरत छौँ ।’
तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रेशमबहादुर जुग्जालीले व्यवसायीसँग मिटरमा चलाउने सहमतिमा हस्ताक्षर गराएका थिए । त्यस समयमा केही दिन मिटरमा चलेको पनि थियो । पछिल्लो ८ महिनामा ट्राफिक कार्यालयले ५ सय ४ ट्याक्सीलाई मिटरमा जान नमानेको कसुरमा कारबाही गरेको छ ।
उनीहरूबाट १४ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको शर्माले बताए । आइतबार एकैदिन १३ ट्याक्सी जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा परेका छन् ।
यात्रुले गुनासो गरेपछि मिटर कारबाही हुने गरेको उनको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्सीको थप कारबाही भने यातायात व्यवस्था कार्यालयले गर्छ ।
मिटर नभएको वा ट्याक्सी मिटरमा जान नमानेको कसुरमा यातायात कार्यालयले २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लिने गरेको प्रहरीले जनाएको छ ।
कतिपयले ट्याक्सी चढ्नुअघि मिटरको वास्ता पनि नगरेको शर्मा सुनाउँछन् । ‘मिटर चेक गरेर यात्रा गर्ने यात्रु पनि कम छन् । चढ्ने बेलामा नै मिटर छ कि छैन, म मिटरमा जान्छु भन्नुपर्छ,’ उनले भने, ‘मिटरमा जान नमाने १०३ मा फोन आउँछ । अनि प्रहरीले नियन्त्रणमा लिन्छ ।’
पोखरा क्षेत्रमा हाल करिब २५ सय हाराहारीमा ट्याक्सी चल्छन् । सरकारले दुई जिल्ला चल्ने ट्याक्सीलाई पनि सहजै वार्षिक परमिट दिन थालेको छ ।
अन्यत्रबाट पनि ट्याक्सीहरू पोखरा आउन थालेका छन् । यात्रुको सचेतनाको अभावले पनि मिटर ट्याक्सी लागू गर्न कठिनाइ भएको प्रहरीको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ