कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
![कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)](https://npcdn.ratopati.com/media/news/cover-korala_j6XMIvuIdV.jpg)
काठमाडौँ । नेपाल र चीनका प्रहरीले कोरला नाकामा पैदल गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि दुवै देशका प्रहरीले बुधवार पैदल गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल र चीनबिचको सिमाना कोरलास्थित पूर्व २४ नम्बर पिल्लरदेखि पश्चिमको २३ नम्बर पिल्लरसम्म अन्दाजी दुई किलोमिटर सीमा क्षेत्रमा दुवै देशका प्रहरीले संयुक्त रूपमा पैदल गस्ती गरेका छन् ।
नेपालको तर्फबाट मुस्ताङको इलाका प्रहरी कार्यालय लोमान्थाङबाट आठ जना र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयका आठ जना प्रहरीले संयुक्त रूपमा गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ ।
यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुनसक्ने सीमा अपराध नियन्त्रणमा सहज हुनसक्ने विश्वास लिइएको नेपाल प्रहरीले जनाएको छ । कोभिड अघि वर्षमा दुई पटक मात्र खुल्ने कोरला नाका हाललाई सधैँका लागि खुल्ला गरेको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केपछि सो नाका पूर्ण रूपमा खुल्ला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या