नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
बिहीबार, १३ वैशाख २०८१, ११ : ४९

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको जडीबुटी निर्यात भएको हो ।
तथ्यांकअनुसार यस अवधिमा ६२ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसबाहेक १ अर्ब ४६ करोडको कथ्था निर्यात हुँदा रुद्राक्षका दानाबाट ३ करोड ५९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ ।
५ करोड रुपैयाँभन्दा बढीको अर्गेलीको बोक्रा निर्यात हुँदा १० करोड ८ लाख रुपैयाँको रिट्ठा निर्यात भएको छ । यसबाहेक अम्रिसोको निर्यातबाट १ अर्ब ११ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै भन्सार विभागका अनुसार यस अवधिमा ५ करोड ८३ लाख रुपैयाँको गिन्सिङका जराको निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत