एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा

पेरिस । ओसमान डेम्बेले र किलियान एम्बाप्पेले दुई–दुई गोल गर्दा पेरिस सेन्ट जर्मेन लिग वान उपाधिबाट मात्र अब एक कदम नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले लोरिएन्टलाई ४–१ गोलले हरायो । अन्य खेलमा मोनाकोले लिललाई १–० गोलले हराएपछि लगातार तेस्रो उपाधिका लागि थप एक खेल पर्खनुपरेको हो ।
खेलको १९ औँ मिनेटमा ओसमान डेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६० औँ मिनेटमा डेम्बेलेले पुनः अर्को गोल गरे । ७३ औँ मिनेटमा बाम्बा डेइङले लोरिएन्टका लागि एक गोल फर्काए पनि ९० औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
योसँगै एम्बाप्पे युरोपको शीर्ष पाँच लिगमा लगातार चार सिजन २५ वा सोभन्दा बढी गोल गर्ने पहिलो फ्रेन्चे खेलाडी बनेका छन् । यो सिजन उनले सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । जितपछि फ्रान्सले उपाधि जित्ने पक्का भएको थियो । तर, मोनाकोले जितले टोलीले अब थप केही दिन पर्खनुपरेको हो । टोलीले अब शनिबार ले हार्भेविरुद्धको खेलमा आफ्नो घरेलु मैदानमा १२ औँ पटक उपाधि उचाल्न पाउनेछ ।
३० खेलपछि पीएसजीको ६९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ