खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर

क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्य खुम्चिएको छ । कम्पनीले अपेक्षा गरिएभन्दा राम्रो कमाई गरेको भएपनि अमेरिकामा नियमित समयपछि कम्पनीको शेयर मूल्य घटेको हो । कम्पनीले यस वर्ष कृत्रिम बौद्धिकतामा व्यापक खर्च गर्ने योजना बनाइरहँदा खर्च निकै धेरे हुने बताएपछि यसको असर शेयरको मूल्यमा देखिएको हो ।
सन् २०२४ मा कम्पनीले ३० देखि ४० अर्ब डलरबिच खर्च गर्ने अपेक्षा गरेको बताएपछि कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेको थियो । यो यस अघि अनुमान गरेको भन्दा धेरै हो । यस अघिको प्रक्षेपणमा भने खर्चको आकार ३० डलरदेखि ३७ डलरबिच रहन सक्ने बताइएको थियो ।
कम्पनीले सामाजिक सञ्जाल मञ्चहरूमा च्याट असिस्टेन्टजस्ता थप एआई फिचर पनि ल्याइरहेको छ । मेटाले आम्दानी बढाउन आफ्नो एड किन्ने प्रडक्टहरूलाई पनि एआई अपडेट गरिरहेको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी २७ प्रतिशतले बढेर ३६ अर्ब ४६ करोड डलरमा पुगेको छ । सो अवधिमा आम्दानी ३६ अर्ब १६ करोड डलर हुने अनुमान गरिएको थियो । कम्पनीको खर्च योजना आक्रामक रहेको केही विश्लेषकहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
निजी सम्पत्ति सार्वजनिक गर्न र सुविधा त्याग्न शीर्ष नेताहरूमाथि अर्को दबाब