गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।
दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पा¥यो । पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले पनि पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको सहयागमा २६ रन जोडे ।
बलिङतर्फ गुजरातका सन्दीप वारियरले तीन विकेट लिए । मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाए । चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाए । मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए ।
१८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा बलियो लक्ष्य खडा गर्न सफल भएको थियो ।
२२५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा आठ विकेट गुमाउँदा २२० रनमा सीमित भयो । उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए ।
बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे । जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग