प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
बुधबार, १२ वैशाख २०८१, १९ : २८

पोखरा । नवलपुर र पर्वत जिल्ला गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनका छन् ।
बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गरेको हो । महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गरेको हो ।
च्याम्यिपन बनेका नवलपुर र पर्वतले समान एक/एक लाख हात पारे । उपविजेता बनेका स्याङ्जा र म्याग्दीले ७५र७५ हजारमा चित्त बुझाउनुपर्यो ।
प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने