जर्मनीले गाजालाई फेरि मद्दत गर्ने

जर्मनी । जर्मनीले गाजामा मानवीय सहायता प्रदान गर्न फेरि थाल्ने भएको छ । गाजामा सहयोग पुर्याउने संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएलाई आर्थिक सहयोग पुनः सुरु गर्ने उसले बताएको हो । अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा यूएनआरडब्ल्यूएका कार्यकर्ता पनि संलग्नता रहेको आरोप इजरायलले लगाएको थियो । यसपछि विश्वका धेरै देशहरूले संस्थालाई दिँदै आएको रकम रोकेका थिए ।
यी आरोपलाई समर्थन गर्ने गरी इजरायलले प्रमाण नदिएको हालै एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले खुलासा गरेपछि जर्मनीले गाजाका लागि पुनः सहायता जारी गर्ने निर्णय गरेको हो । यसैबिच इजरायलले यो अनुसन्धान प्रतिवेदनले समस्याको गम्भीरतालाई बेवास्ता गरेको जनाएको छ ।
स्विडेन, क्यानडा र जापानलगायत धेरै देशले यस एजेन्सीलाई सहयोग गर्न थालिसकेका छन् । इजरायलको आरोपपछि यी देशहरूले पनि सहायता पठाउन बन्द गरेका थिए । अमेरिका र बेलायतले अझै पनि यूएनआरडब्ल्यूएलाई सहायता रोकिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु