अनन्त अम्बानी र राधिका मर्चेन्टले बेलायतमा बिहे नगर्ने

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ फङ्शनका तस्वीर र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भए । गुजरातको जामनगरमा आयोजित तीन दिने कार्यक्रममा सारा बलिउड आएको थियो । यतिबेला यी दुबैको बिहे कस्तो होला भन्ने चर्चा शुरु भएको छ ।
यसअघि बिहे आबुधाबी र लन्डनमा हुने खबर आएको थियो । तर अब भने यी ठाउँमा बिहे नहुने खबर आएको छ । रिपोर्टका अनुसार अनन्त र राधिकाको बिहे लन्डनको स्टेक पार्क इस्टेटमा हुने वाला थियो । बेहुलाको आमा निता अम्बानीले बिहेको सबै व्यवस्था हेरिरहेकी छिन् । निता आफैंले बिहेको तीन दिने कार्यक्रमको योजना तयार पारेकी थिइन् । अनन्तकी दिदी इशा अम्बानीले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा लन्डनमा बिहे हुने कुराको जानकारी दिएकी थिइन् ।
तर अब भने बिहे लन्डनमा नभएर मुम्बईबाट हुने खबर आएको छ । यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने आएको छैन । प्रि–वेडिङमा जस्तै बिहेमा पनि बलिउडदेखि अधिकांश ठूला उद्योगपतिहरु आउनेछन् । जुलाईमा हुन लागेको बिहेमा आउने पाहुनाको सूचिमा शाहरुख खान, सलमान खान, बच्चन परिवार, रणवीर–दीपिका पदुकोण, विराट–अनुस्का, रणबीर–आलिया, विक्की कट्रिना सबै पर्न सक्ने आशा गरिएको छ ।
उद्योग र राजनीति क्षेत्रका कयौं नाचिन हस्ती पनि आउन सक्नेछन् । अनन्त र राधिकाको प्रि–वेडिङ शानदार तरिकाले भएको थियो । यसमा बलिउडदेखि हलिउडसम्मका कयौं स्टार आएका थिए । प्रि–वेडिङ नै त्यति शानदार थियो । यसैबाट बिहे कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम