लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो

काठमाडौँ । नेपालले ९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालले विदेशबाट १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको हो ।
भन्सार विभागका अनुसार यस अवधिमा १२ लाख किलोग्राम लसुन भित्रिएको छ । यसबापत आयातकर्ताले ४ करोड ७० लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विशेष गरी चीन र भारतबाट लसुन आयात हुने गरेको छ । यस अवधिमा चीनबाट १ करोड १६ लाख रुपैयाँको लसुन भित्रिएको तथ्याङ्क छ ।
यस्तै भारतबाट १७ करोड ५० लाख रुपैयाँभन्दा बढीको लसुन आयात भएको तथ्याङ्क छ । लसुनलाई नेपाली भान्साको महत्त्वपूर्ण मसलाकारुपमा लिइन्छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट समेत विदेशतर्फ लसुन निर्यात हुन्छ । तर यो न्यून मात्रामा छ ।
९ महिनाको अवधिमा नेपालबाट अस्ट्रेलियातर्फ २ लाख १५ हजार रुपैयाँ बराबरको साढे ४०० किलोग्राम लसुन निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग