करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
बुधबार, १२ वैशाख २०८१, १० : ४३

सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्।
बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।
अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र त्यसपछि पोस्टमार्टम गरिने नेपालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो