माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट रणसिं परियार मन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो। यद्यपि परियारको मन्त्रालयको टुङ्गो भने लगाइएको छैन ।
आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने सांसद कृष्ण बहादुर जिसीले रातोपाटीलाई बताए ।
मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादी स्रोतका अनुसार यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ । जसमा विन्दमान विष्ट, महेन्द्र केसी र दुर्ग रावत सम्भावित व्यक्तिहरूमा पर्दछन् ।
मुख्यमन्त्री कँडेलले आज सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् । एमालेबाट पनि आज एक जना मन्त्री बन्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम