म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यही वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो ।
म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने