चेन्नई लखनउसँग ६ विकेटले पराजित

काठमाडौं । मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।
ओपनर क्वीन्टन डि ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पुरनले ३४, दीपक हुडाले १७, केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे । बलिङतर्फ मथिसा पाथिरानाले दुई विकेट लिँदा दीपक चहर र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए ।
जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?