सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा

काठमाडौँ । राष्ट्रिय च्याम्पियन प्रदीप खड्का ‘१०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता’ को पुरुष एकलतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीप मंगलबार सम्पन्न खेलमा आयुषमान हजुर घलेलाई ६–०, ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे का हुन् ।
ऋतिक राणा पनि प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भए । उनले आशिष खड्कालाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा प्रणव खनालले आर्यन गिरीलाई ६–७, ६–४, ६–२ र प्रणव मानन्धरले निशान श्रेष्ठलाई १ –६, ६–३, ६–२ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको मिक्स डबल्स स्पर्धामा प्रदीप खड्का र माहिका राणाको जोडी, आईशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडी, सुमन लामा र भगवती विकको जोडी तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे ।
यसैगरी भेट्रान (३५ वर्षभन्दा माथि) पुरुष डबल्स स्पर्धामा सन्जिवकुमार श्रेष्ठ र दुर्गा केसीको जोडी, मनोज श्रेष्ठ र अञ्जन बानियाको जोडी, भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडी तथा नवीन श्रेष्ठ र सुकमान तामाङको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान