सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन्।
उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे।
२-ओभर ७० को नतिजामा पूर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौँ स्थान बाँडे। पशुपति शर्मा ३-ओभर ७१ को स्कोरमा दसौँ स्थानमा रहेका छन्।
पहिलो दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। दिनको सुरुवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो र नवौँ होलमा बर्डीको सामना गरे। ब्याक नाइनमा भने उनी सम्हालिए। १०औँ, ११ औँ र १५औँ होलमा एक-एक सट बचाए भने १७औँ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। इभन-पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो।
रविले सुरुवात खराब गरे। दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याए। १२औँ, १३औँ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाइन ३-अन्डर ३१ पुरा गरे।
भुवन रोक्काले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र तेस्रो होलमा बोगी प्रहार गरे भने दोस्रो, चौथो र पाँचौँ होलमा एक-एक सट बचाए। सातौँ होलमा भने डबल बोगीको सामना गरे। यसपछि उनले ब्याक नाइनको सबै ९ होलमा नै पार जोगाए।
निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा ईगलको सफलता प्राप्त गरे। तर तेस्रो र नवौँ होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि ११औँ होलमा डबल बोगी खेपे भने १३औँ होलमा एक सट खेर फाले। १६औँ होलको बर्डीले ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे।
एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले ४-ओभर ७२ मा पहिलो दिनको खेल सकाए। ८-ओभर ७६ को स्कोरमा निल कुमार थापा र भरत थापा मगरले संयुक्तरुपमा तेस्रो स्थानमा बाँडे।
सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुबाश तामाङले पहिलो दिन ४-ओभर ७२ को प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्तरुपमा ११औँ स्थानमा रहेका छन्।
चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्। ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायामा’ दिलीप र अस्मिताको अभिनय
-
कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान
-
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
-
उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
-
बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
-
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द