राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।
सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठितहरुको सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !