‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
सुर्खेत । भाषा र साहित्यमा लामो समय अध्ययन गरेका अध्येयताहरूले नेपाली भाषा र साहित्यको पृष्ठभूमि कर्णाली भएको बताएका छन् । नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको भन्दै कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरूको निष्कर्ष छ ।
मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरूले नेपालमा बोलिने भाषाको मूल थलो कर्णाली भएको बताए । ‘नेपालमा अहिले बोलिने भाषाको मूल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो,’ भाषा विज्ञ डा. प्रेम चौलागाईंले भने । उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए । भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिइएको उनले औँल्याए । उनले कर्णाली सभ्यताको इतिहास लेख्नुपर्ने बताए ।
डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रूपमा रहेको बताए । ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रूप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरूलाई छैन ।’
शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सीमित भएको बताए । शिक्षामा बालबालिका पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।
उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए । ‘योगी नरहरीनाथ कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको व्याख्याता हो, उहाँजति कसैको योगदान छैन,’मल्लले भने, ‘उहाँ पूर्वीय चिन्तनको पुर्नव्याख्याता हो, लोक परम्पराको व्याख्याता नै हो ।’
योगीले नै कर्णालीको इतिहासबारे केही पुस्तक लेखपनि कर्णालीबारे लेखिनुपर्ने विषयहरू अझै थुप्रै रहेको उनले बताए । उनी भन्छन्, ‘कर्णालीबारे अहिलेसम्म ५ प्रतिशत पनि लेखिएको छैन, यो सत्य हो, जति खोजी भएको छ, कम्तीमा एउटा पुँजीको प्रक्रिया सुरु भयो भनेर हुन्छ, लेख्नुपर्ने र अनुसन्धान गर्नुपर्ने धेरै छ ।’
सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धि ६० प्रतिशतभन्दा माथि जान नसकेको बताइन् । उनका अनुसार कर्णालीमा ७.८ प्रतिशत बालबालिकालाई शिक्षकको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन ।
‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्