इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
_uUYimr0QZa.jpg)
काठमाडौँ । हाम्रो नेपाली पार्टी र लौरो अभियानले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्यधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौँ,’ उनले भने ।
दलहरूले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दा राजनीतिक दलहरूमा देखिएका जो कमीकमजोरी थियो, भ्रष्टाचार, कुशासन थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’ प्रवक्ता कार्कीले भने ।
आफूहरूले लौरोलाई स्वतन्त्रहरूको छत्रछाया बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरू दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरूलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान
-
वीरगञ्जमा पक्राउ परेका चार जनामाथि ६ दिन म्याद थप