अस्पतालबाट २०० भन्दा बढी शव फेला

गाजा । गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला परेका घटनाहरूले आफू अति नै दुःखी भएको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् । इजरायलले कब्जा गरेपछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ । रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो ।
अस्पतालमा इजरायली घेराबन्दीको समयमा बनाइएको चिहानबाट मृत शरीरहरू झिकेर सामूहिक चिहानमा गाडिएको पनि बताइएको छ । प्यालेस्टिनी समूहहरूले इजरायलले नासेर अस्पतालमा नरसंहार गरेको आरोप लगाएका छन् । आफूले यी रिपोर्टहरू हेरिरहेको यी आरोपहरूबारे इजरायलले भनेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा हालै इजरायली हवाई आक्रमणको आलोचना गरेका थिए । यी हवाई हमलामा मारिएका अधिकांश महिला र बालबालिका रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)