उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
मङ्गलबार, ११ वैशाख २०८१, १५ : ४०

प्योङयाङ । उत्तर कोरियाले सोमबार नयाँ परमाणु हतियारको कमान्ड कन्ट्रोल सिस्टमको सफल परीक्षण गरेको दाबी गरेको छ । कोरियाले विभिन्न रकेट लञ्चर युनिटबाट रकेटहरू प्रक्षेपण गरेको हो ।
किम जोङ उनले उक्त अभ्यासको निर्देशन दिएका थिए । राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार त्यसमा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास गरिएको थियो ।
विज्ञहरूका अनुसार उत्तर कोरियाले यसअघि पनि रकेट लञ्चर सिस्टम र परमाणु हमलाको प्रत्याक्रमणको अभ्यास गरिसकेको छ । यद्यपि, केसीएनएका अनुसार सोमबारको अभ्यासमा ‘हाइकबाङगासो’ अथवा न्युक्लियर टिगर कमान्ड एन्ड कन्ट्रोल सिस्टमको प्रयोग भने पहिलोपटक गरिएको हो । यसबाट रकेट लञ्चरमा पारम्परिक रकेटलाई परमाणु हतियारमा परिणत गर्न सक्ने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक