बेलिङह्यामलाई ‘लौरेस वर्ल्ड स्पोर्टस अवार्ड’

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडका प्रभावशाली खेलाडी जुड बेलिङह्यामले सन् २०२४ को ‘लौरेस वर्ल्ड स्पोर्टस ब्रेकथ्रु अफ दी ईयर अवार्ड’ जितेका छन् । २० वर्षीय मिडफिल्डर बेलिङह्यामले ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत रहेका बेलिङह्याम गत समरमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट रियल म्याड्रिडमा आबद्ध भएका हुन् । उनलाई रियल मड्रिडले आठ करोड ९० लाख पाउन्डमा भित्राएको थियो ।
गत आइतबार खेलिएको ‘अल क्लासिको’ भिडन्तमा बार्सिलोनाविरुद्ध पनि बेलिङह्यामले टोलीका लागि निर्णायक गोल गरेका थिए । उक्त खेल २–२ गोलको बराबरीमा अगाडि बढिरहँदा दोस्रो हाफको इन्जुरी समयमा बेलिङह्यामले रियल मड्रिडका लागि निर्णायक गोल गरेका थिए ।
जारी सिजनको ला लिगामा बेलिङह्यामले १७ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगअन्तर्गत गत साता सम्पन्न क्वार्टरफाइनल खेलमा पनि रियल मड्रिडलाई जित दिलाउन बेलिङह्यामले महत्त्वपूर्ण योगदान गरेका थिए ।
सन् २०२४ को ‘लौरेस वर्ल्ड स्पोर्टसम्यान अफ दी ईयर अवार्ड’ भने चर्चित टेनिस खेलाडी नोभाक योकोभिचले जितेका छन् । योकोभिचले यो अवार्ड पाँचौँ पटक जितेका हुन् । महिलातर्फको ‘लौरेस वर्ल्ड स्पोर्टसम्यान अफ दी ईयर अवार्ड’ आइताना बोनमतीले जितेकी छन् ।
आइताना बोनमती अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाकी मिडफिल्डर हुन् । उनी बालोन डी’ओर विजेता खेलाडी पनि हुन् । उनले बार्सिलोनालाई सन् २०२२–२३ सिजनमा महिला लिग, स्पेनिस कप र महिला च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
यसैगरी ‘लौरेस वर्ल्ड स्पोर्टस टिम अफ दी ईयर अवार्ड’ स्पेनको महिला फुटबल टोलीले जितेको छ । स्पेनको फुटबल टोलीले महिला विश्वकपको उपाधि चुकेको थियो । ‘लौरेस वर्ल्ड स्पोर्टस कमब्याक अफ दी ईयर अवार्ड’ जिमन्याष्टिक खेलाडी सिमोन बेलिसको भागमा परेको छ ।
यसैगरी ‘लौरेस वर्ल्ड स्पोर्टस डिसेबिलिटी अफ दी ईयर अवार्ड’ टेनिसकी डिडे डे ग्रुटले जितेकी छन् । ‘लौरेस वर्ल्ड स्पोर्टस पर्सन अफ दी ईयर अवार्ड’ भने स्केटिङ खेलाडी एरिसा ट्रेवको भागमा परेको छ । ‘लौरेस वर्ल्ड स्पोर्टस फर गुड अवार्ड’ राफा नाडाल फाउन्डेसनले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर