१४ औँ वार्षिकोत्सवमा सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले स्थापनाको १४ औँ वार्षिकोत्सव समारोह प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा, स्रष्टा सम्मान तथा विविध सांस्कृतिक प्रस्तुतिहरु सहित प्रज्ञा–प्रतिष्ठानले १४ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रि प्रज्ञा पुरस्कार–२०८०’ का लागि छनौट भएका स्रष्टा तथा सर्जकहरुको नामावली सार्वजनिक गरिन् ।
पुरस्कारका लागि छनौट भएका स्रष्टाहरू रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मीतथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दन कुमार श्रेष्ठ, सङ्गीत विधा तर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र के.सी., नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की रहेका छन् ।
वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान पु¥याएका संस्था तथा स्रष्टाहरूलाई सम्मान समेत गरिएको छ । संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए भने व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, के.पी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी संगीता प्रधान, वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रूपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीलगायत प्रशंसा पत्र सहित सम्मानित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला