शरणार्थीलाई रुवाण्डा पठाउने विधेयक बेलायतको संसद्बाट पारित

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको महत्त्वाकाङ्क्षी रुवाण्डा विधेयक औपचारिक रुपमा स्वीकृत भएको छ । यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भए पनि माथिल्लो सदन (हाउस अफ लर्ड्स) मा अड्किएको थियो ।
अब हाउस अफ लर्ड्सले पनि विधेयक पारित गरेको छ । यो विधेयक राजपरिवारको स्वीकृतिपछि कानुन बन्नेछ ।
रुवाण्डा कानुनमार्फत बेलायती सरकारले यहाँ शरण लिइरहेका केही व्यक्तिलाई मध्य अफ्रिकी देश रुवान्डामा पठाउनेछ । यो विधेयकको विपक्षी दलबाट चर्को आलोचना भए पनि पटक–पटक छलफलपछि अन्ततः सोमबार राति प्रतिपक्षले आफ्नो आपत्ति फिर्ता लिएसँगै विधेयक पारित भएको हो । १० देखि १२ हप्ताभित्र रुवाण्डाका लागि पहिलो उडान सुरु हुने प्रधानमन्त्री सुनकले बताए ।
रुवाण्डा विधेयकको उद्देश्य इंगलिस च्यानलबाट अवैध रूपमा बेलायत आउने शरणार्थीहरूलाई रोक्नु रहेको बेलायती सरकारले बताएको छ । विधेयक पारित हुनु शरणार्थीहरूलाई रोक्ने योजनाको ऐतिहासिक क्षण भएको गृहमन्त्री जेम्स क्लेभरलीले बताएका छन् ।
बेलायतको सर्वोच्च अदालतले सर्वसम्मतिले रुवान्डा योजनालाई अवैध घोषित गरेपछि २०२३ को नोभेम्बरमा यो योजना रोकिएको थियो । यसपछि बेलायती सरकारले यो योजनालाई अगाडि बढाउन संसद्मा नयाँ विधेयक पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?