ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

ताइपेई । ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।
यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ ।
यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा १३ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु ग्रामीण र हिमाली हुआलियन काउन्टीको तटीय क्षेत्रमा थियो । यो ताइवानमा पछिल्लो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो र त्यसपछि सयौँ परकम्पहरू आएका थिए ।
यस पटक पनि यी भूकम्पको केन्द्रबिन्दु ताइवानको ग्रामीण पूर्वी काउन्टी हुवालियन थियो । अप्रिल ३ को भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले सञ्चालनमा नआएको एउटा होटल थोरै ढल्किएको हुवालियनको दमकल विभागले मंगलबार बिहान भनेको छ ।
ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा निकै शक्तिशाली भुकम्प आउँदा सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । सन् १९९९ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा २ हजार भन्दा मानिसहरूको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ