रौतहटमा बाघको आक्रमणबाट एक पुरुष घाइते
सोमबार, १० वैशाख २०८१, २० : ५९

रौतहट । बाघको आक्रमणबाट डिभिजन वन कार्यालय रौतहटका एक चौकीदार घाइते भएका छन् । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर घाइते भएका हुन् ।
सोमवार अपरान्ह सामुदायिक वन क्षेत्रको अवस्था बुझ्न गएका कुमरलाई जंगलमै बाघले आक्रमण गरेको थियो । घाइते कुमरलाई चन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
-
खानामा तेल प्रयोग गर्न छोडियो भने शरीरमा के हुन्छ ?