स्रोतहरू सीमित छन्,आवश्यकताहरू असीमित छन् : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरूको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् ।
सोमबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरू सीमित र आवश्यकताहरू असीमित भएको भन्दै अगामी वर्षमा गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘हाम्रो स्रोतहरू सीमित छन् । आवश्यकताहरू धेरै छन्, असीमित छन् । राष्ट्रिय अर्थव्यवस्था मात्रै होइन, अन्तर्राष्ट्रिय जगतसमेत केही वर्षदेखि अर्थतन्त्र लयमा आउन खोजेको छ तर अपेक्षित प्रगति भइरहेको छैन । जसले गर्दा न्यूनतम गर्नै पर्ने विषयहरू पनि सम्बोधन गर्न नसकिने खालको अवस्था पनि जानकारी गराउन चाहन्छु । त्यही पनि मन्त्रालयको तर्फबाट आगामी वर्षमा गर्न सक्ने कामहरू धेरै हुँदाहुँदै पनि गर्न सक्ने कामहरूको बारेमा सकारात्मक रहेको विश्वास दिलाउन चाहन्छु ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर र क्षेत्रीय स्तरमा पनि विभिन्न जातजाति समुदायको भाषा, संस्कृति र सङ्गीतको व्यवस्थापन गर्ने उद्देश्यले गठित प्रतिष्ठान आफैमा महत्त्व प्राप्त संस्था भएको पनि उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ भारतीय बजेटमा सार्क राष्ट्रलाई दिइएको सहायता
-
प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
नेपाल सामु १ सय ४१ रनको लक्ष्य, सीताको ‘फाइफर’
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च