छैटौँ राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता शनिबार

काठमाडौँ । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले चैत १५ गते शनिबार ‘राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो छैटौँ संस्करण हो ।
काठमाडौँको बौद्धस्थित बागमती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको मोटरबाइक ब्रान्ड पल्सरले सहयोग गर्ने जानकारी आयोजकले दियो ।
वल्र्ड पावरलिफ्टिङको र युरोपियन स्ट्रिट लिफ्टिङ महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट दुई सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितालाई सर्किट र बार गरी दुईवटा स्पर्धामा विभाजन गरिएको छ । सर्किट स्पर्धालाई खुला महिला सर्किट, खुला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्षमुनि), पुरुष सर्किट मास्टर्स (४५ वर्षमाथि) र महिला सर्किट मास्टर्स (४० वर्षमाथि) गरी पाँचवटा समूहमा विभाजन गरिएको छ ।
यसैगरी बार स्पर्धालाई खुला महिला बार, खुला पुरुष बार र जुनियर बार (१६ वर्षमुनि) गरी तीनवटा समूहमा वर्गीकरण गरिएको छ । प्रतियोगिताको अघिलो दिन वैशाख १४ गते एथलेट ब्रिफिङ र ट्याग नंम्बर वितरण गरिने छ ।
यसैगरी प्रतियोगिताको दिन वैशाख १५ गते सर्किट र बार स्पर्धाअन्तर्गतको समूहमा सहभागी खेलाडीबिच प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताको अनुमानित बजेट २५ लाख ५० हजार रुपैयाँ रहेको जानकारी आयोजकले दियो ।
प्रतियोगिताको सर्किट र बार स्पर्धा स्पर्धाअन्तर्गत प्रत्येक समूहको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । यसका अतिरिक्त प्रतियोगिताको अन्तिम दिन वर्षको स्ट्रङ्गेस्ट क्लबको घोषणा पनि गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
-
बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन
-
नाडा र श्रम मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर
-
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा