१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा
सोमबार, १० वैशाख २०८१, १६ : १२

रुपन्देही । सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड